25th August 2019

चलचित्र मारुनीको ''हाने मैले झट्टारो''सार्वजनिक ।

भाद्र,८,२०७६ ।भाद्र १३ गते बाट प्रदशन मा आउन लागेको चलचित्र मारुनीको निर्माण टिम यती बेला चलचित्रको प्रचार प्रसारको क्रम मा मोफशल टुर रहेका छन भने चलचित्रको प्रचार लाई थप मजबुत बनाउन को लागी चलचित्रको निर्माण टिमले चलचित्रमा समाबेश तेस्रो गीत लाई आज सार्वजनिक गरेको छ ।भाद्र ४ गते इटहरी बाट मोफसल यात्रा शुरु गरेको चलचित्रको मारुनिको निर्माण टिमले सार्वजनिक गरेको गीत  हाने मैले झट्टारो मा चलचित्रका नायक पुस्प खडका र नायिका रेबिका गुरुङ माथी छाँयाकन गरिएको छ ।गीत मा पुरुषवोतम  ढुंगेलको शब्द,कृष्ण काफ्लेको,संगीत र संगीतकार कृष्ण काफ्ले र गायिका अन्जु पन्त को आवाज रहेको छ ।नायिका सामाज्ञी राज्य लक्ष्मी शाह,नायक पुस्प खडका,रेबिका गुरुङ लगायतको मुख्य भूमिका रहेको उक्त चलचित्रको निर्माण टिमले यस अघी चलचित्रमा समाबेश गीत जाम्न माया जाम्, सक्दिनम बाँच्न र चलचित्रको ट्रेलर सार्वजनिक गरी सकेको छ ।साथै चलचित्रको निर्माण कार्य देखी नै चर्चा मा रहना सफल उक्त चलचित्रको मोफशल टुर मारुनी नेपाल टुर तीज फेस्टिभल २०१९ भाद्र ४ गते इटहरी बाट शुरुभै भाद्र ५ गते चितवन्,भाद्र ६ गते पोखरा भाद्र ७ गते बुटवलमा सम्पन्न भाई आज  भाद्र ८ गते नेपाल्गञ्जामा हुन गै रहेको छ भएको छ ।कार्यक्रममा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,पुस्प खडका,कृष्ण काफ्ले,डिजे ब्यान्ड लगाएतले बिभिन्न कार्यक्रम मार्फत उपस्थित स्थानिय दर्शक हरु लाई मनोरञ्जन दिने पनि बताइएको छ ।