23rd August 2019

आज बाट चलचित्र जाइरा प्रदशनमा ।

भाद्र,६,२०७६ ।आज भाद्र ६ गते शुक्रबार बाट नेपाली चलचित्रको घरेलु बजारमा ।नायिका नम्रता श्रेष्ठ लाई मिक्स मार्शल आर्टको भूमिकामा देख्न पाइने चलचित्र जाइरा प्रदशनमा आएको छ ।प्रत्यक साता नेपाली चलचित्रको बजारमा एक साथ दुइ वा तीन चलचित्र हरुले एक आपसमा प्रतिष्प्रधा गरी रहेको समयमा ।चलचित्र जाइराले भने सोलो रिलिजको मौका पाएको छ ।नेपाली चलचित्रको बजारमा जेठपछि प्रदशनमा आएको कुनै पनि नेपाली चलचित्रहरुले आशा गरिए 
अनुसार व्यापार गर्न नसकरी रहेको अवस्थामा यती बेला सबैको आशा र भरोसा चलचित्र ‘जाइरा’ माथि रहेको छ ।साथै चलचित्र जाइराले सुस्ताएको नेपाली चलचित्रको बजार उठाउने पनि विश्वास गरिएको छ । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ पछि नेपाली चलचित्र प्रेमी दर्शक माझ प्रस्तुत हुन लागेकी नायिका नम्रता श्रेष्ठ अभिनित यो चलचित्र बदलाको कथामा निर्माण भएको छ ।नायिका नम्रता लाई उक्त चलचित्रमा एक्सन अवतारमा देख्न पाइने छ । लभर गर्लको भूमिकामा निकै रुचाइएकी नायिका नम्रताको करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको यो चलचित्रमा  अभिनय गर्नको लागी उनले आफ्नो कपाल समेत मुण्डन गरेकी छिन । निर्देशक आशुतोष श्रेष्ठ निर्देशनमा निर्मित चलचित्र ‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगाएतको अभिनय रहेको छ भने निर्देशक श्रेष्ठ र निरोज महर्जनको, पटकथा,बाबु श्रेष्ठको छायाकन,लोकेश बज्रचार्यको सम्पादन,सम्राट बस्नेको द्वन्द्व निर्देशन रहेको छ । साथै चलचित्र जाइराको निर्माण टिमले आज चलचित्रको प्रिमियर शो को पनि आयोजन गरेको छ ।क्यु एफ एक्स सिनेमा लबिम मल पुल्चोकमा आयोजना गरिएको प्रिमियर शोमा चलचित्रका कलाकार रंग पत्रकार चलचित्र कर्मी हरुको बाक्लो उपस्थित रहेको थियो ।प्रिमियरमा सहभागी भएका कलाकार रंग पत्रकारहरुले चलचित्र जाइरा हेरीसके पछी सकारात्मक प्रतिकृया दिएका छन ।