22nd August 2019

चलचित्र मारुनीको नयाँ प्रोमो सार्वजनिक ।

भदौ,५,२०७६ ।चलचित्रको प्रचार प्रसारको क्रममा मारुनी तीज टुर नेपाल २०१९ लिएर मोफशल यात्रामा रहेको चलचित्र मारुनिको निर्माण टिमले चलचित्रको एक भिडियो सार्वजनिक गरेको छ ।चलचित्रको प्रचार प्रसार लाई बलियो बनाउन सार्वजनिक गरेको भिडियोमा एक कोठाको भित्तामा नायक पुस्प नायिका साम्राज्ञी अभिनेता अर्जुन श्रेष्ठ को तस्बिर हरु टासेको देखाइएको छ भने एक क्यालेण्डरमा राती मसिले मार्क गरेको देखाइएको छ ।साथै पुस्पको तस्बिर मा यस लेखिएको छ भने नजिकै केहि खेलौना हरु पनि देखाइएको छ ।भिडियो एक महिलाको हात मात्र देखाइएको छ भने महिलाले कम्युटर्मा नायक पुस्पको तस्बिर हेरी रहेको देखाइएको छ । ति महिलाले नायक पुस्प र नायिका रेबिका गुरुङ को तस्बिर माथी आफुले खाइ रहेको वाइनको ग्लासले हानेको देखाइएको छ भने अन्तिम मा महिला ले सगै रहेको हतीयार लिएर गाडी बढेको देखाइएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण भएको चलचित्र मारुनीमा पुष्प खड्का,साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको साथमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै,विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक नवल नेपालको निर्देशन रहेको चलचित्रलाई निर्मात्री पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् ।निर्माण कार्य देखी नै चर्चामा रहेको चलचित्र मारुनीत्रमा निर्देशक नेपाल र गोविन्द्र फुयालको कथा,संजय लामाको छायांकन,मित्र डि,गुरुङको सम्पादन रहेको छ।