20th August 2019

चलचित्र मारुनीको मारुनी नेपाल टुर तीज फेस्टिभल २०१९ को आयोजना ।

भदौ,३,२०७६ ।भाद्र १३ गते बाट प्रदशनमा आउन लागेको निर्देशक नवल नेपाल निर्देशन र निर्मात्री पुनम गौतमको निर्माणमा निर्मित चलचित्र मारुनीको । चलचित्रको प्रचार प्रसारको क्रममा मारुनी नेपाल टुर तीज फेस्टिभल २०१९ को आयोजना शुरु हुने भएको छ ।निर्माण कार्य देखी नै नेपाली चलचित्रको बजारमा चर्चामा रहन सफल उक्त चलचित्रको निर्माण टिमले चलचित्र को प्रचार प्रसारको क्रममा चलचित्रमा समाबेश २ गीत चलचित्रको ट्रेलर सार्वजनिक गरी सकेको छ ।जुन सार्वजनिक भएको ट्रेलर र गीत संगीत ले नेपाली दर्शक हरुको मन जित्न सफल पनि भैरहेको छ ।नायिका सामाज्ञी राज्य लक्ष्मी शाह,पुस्प खडका,रेबिका गुरुङ लगात को मुख्य भूमिका रहेको उक्त चलचित्रको निर्माण तिम ले आयोजन गरेको मारुनी नेपाल टुर तीज फेस्टिभल २०१९ भाद्र ४ गते बाट ८ गते सम्म हुने बताइएको छ ।निर्माण टिम ले जानकारी दिए अनुसार भाद्र ४ गते इटहरी भाद्र ५ गते चितवन्,भाद्र ६ गते पोखरा भाद्र ७ गते बुटवल र भाद्र ८ गते नेपाल्गञ्जामा हुने भएको छ ।कार्यक्रममा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,पुस्प खडका,कृष्ण काफ्ले,डिजे ब्यान्ड लगाएतले बिभिन्न कार्यक्रम मार्फत उपस्थित स्थानिय दर्शक हरु लाई मनोरञ्जन दिने पनि बताइएको छ ।