19th August 2019

चलचित्र ऐश्वर्य यु ट्युब बाट सार्वजनिक ।

भाद्र,२,२०७६ ।एक समयका नेपाली चलचित्रका चर्चित चकलेटी नायक रमेश उप्रेतीको कम ब्याक बताइएको चलचित्र ऐश्वर्य यु ट्युब बाट सार्वजनिक भएको छ ।लामो समय अमेरिकाको बसाइ पछी नेपाली चलचित्रको बजारमा पुन फर्की नायक रमेश उप्रेतीले निर्माण गरेको चलचित्र ऐश्वय लाई गत बिहिवार साउन ३१ गते रक्षा बन्धनको अवसर पारेर बुढा सुब्बाको यु ट्युब च्यानल बाट सार्वजनिक गरेको हो ।प्रदशनको समय नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गरेको चलचित्र ऐश्वर्यले यु ट्युब मा पनि नेपाली दर्शक हरुको मन जित्न सफल भैरहेको छ ।उक्त चलचित्र लाई यु ट्युब बाट सार्वजनिक गरिएको छोटो समय मै २० लाख भन्दा बढी पटक हेरी सकिएको छ भने यु ट्युब को ट्रेण्डिङ को ५ औ स्थान मा पनि आउन सफल भएको छ ।निर्देशक दीवाकर भट्टराइको निर्देशन रहेको चलचित्र ऐश्वर्य बाट नायिका दीपिका प्रसाइले नेपाली रजतपट मा डेब्यु गरेकी थिइन ।चलचित्र ऐश्वर्यमा नायक रमेश उप्रेति,नायिका केकि,अधिकारी,दीपिका प्रसाइ,अभिनेता प्रशान्त ताम्राकार,अर्जुन श्रेष्ठ,केशब भट्टराई,सुनिता ठकुर्,बिकास खतिवोडा,अमित पोख्रेल्,निर्मल शर्मा लगाएत को अभिनयाँ रहेको छ ।साथै चलचित्रमा समाबेश गीत तिमी रोएको पल त्यस समय चर्चा मा रहन सफल भएको थियो जुन गीत गीत मा शब्द संगीत अर्जुन पोखरेल को रहेको छ ।