19th August 2019

चलचित्र बादशाह जुटको प्रदशनी मिती र चलचित्रको नयाँ पोस्टर सार्वजनिक ।

भाद्र,२,२०७६ ।चलचित्र बादशाह जुटको निर्माण टिमले चलचित्रको प्रदशनी मिती र चलचित्रको नयाँ पोस्टर एक साथ सार्वजनिक गरेको छ ।चलचित्र बादशाह जुटको सार्वजनिक सार्वजनिक नयाँ पोस्टरमा चलचित्रको प्रदर्शन मिति कात्तिक १ गते लेखिएको छ ।सुशिल श्रेष्ठ,रोविन तामाङ,आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मि तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगाएतको अभिनय रहेको उक्त चलचित्रमा नायिका नायिका प्रियंका कार्की लाई अतिथि कलाकारको रुपमा देख्न पाइने छ ।जोनी सिंह राणाको कथा र निर्देशन रहेको चलचित्र बादशाह जुटमा अभिषेक शशि कुमारको लेखन रहेको छ । चलचित्रमा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत,विक्रम स्वाँरको नृत्य,राजकुमार उप्रेतीको द्रन्द,राजु कार्कीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्य बनेको चलचित्र बादशाह जुटको  निर्मातामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) रहेका छन् ।