18th August 2019

गायक लंक बहादुरको कसो गरि बोलाउ सार्वजनिक ।

भाद्र,२,२०७६ ।नेपाली गीत संगीतको बजारमा कसो गरि बोलाउ मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।यस अघी म उडछु आकाशमा लगाएत केहि गीत संगीत बजारमा ल्याइ सकेका गायक लंक बहादुरको आवाजमा ।तयार भएको गीत कसो गरी बोलाउमा भोला पौडेलको शब्द र मनोहर सुनामको संगीत रहेको छ ।मोड्ल बिकाश लामिछाने र रेश्मी श्रेष्ठ माथी छायाकन गरिएको उक्त गीतको भिडियोमा मोडल बिकाश र रेश्मीको प्रेम भाव लाई देखाइएको छ ।निर्देशक रत्न जोशीको निर्देशनमा नगरकोटको रमणिय स्थानमा निर्माण भएको म्युजिक भिडियोमा नबिक के श्रेष्ठको छाँयाकन्,अर्जुन पोखरेलको सम्पादन रहेको छ ।