12th August 2019

चलचित्र हजार जुनी सम्मको शिर्ष गीतमा आयुशको स्वर ।

साउन,२७,२०७६ ।आउदो शुक्रबार साउन ३० गते बाट प्रदशनमा आउन लागेको निर्देशक बिकास राज आचार्य निर्देशित चलचित्र हजार जुनी सम्म को शिर्ष गीतमा ।भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो रनरअप भएका आयुष केसीले आवाज दिएका छन् । समाचार स्रोतका अनुसार गायक उदय सोताङ्गको चर्चित गीत ‘हजार जुनीसम्म’ लाई रि–एरेञ्ज गरेर उक्त चलचित्रमा समाबेश गर्न लागिएको र उक्त गीत लाई आयुषले गायक उदयकै उपस्थितिमा गीत रेकर्ड गरेको बताइएको छ । साथै गायक उदय ले धेरै बाल गायकको स्वरले आफु लाई तान्न असफल भएको र  आयुषले भने आफुलाई खुसि बनाएको बताए छन ।साथै उक्त गीत मा गायक उदय र आयुष दुवैको स्वर रहने पनि बताइएको छ ।तर निर्माण पक्षले भने आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । पवन चाम्लिङ्ग ‘किरण’ को शब्द,योगेन्द्र घतानीको संगीत रहेको उक्त गीत चलचित्रमा भने उदयको स्वर रहेको गीतमा आर्यन सिग्देल र आयुषको स्वर रहेको गीत मा बाल कलाकार अनुभव रेग्मी लाई देख्न पाइने बताइएको छ।निर्माण कार्य देखी नै चर्चामा रहन सफल चलचित्र हजार जुनी सम्ममा आर्यन सिग्देल, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत, प्रियंका कार्की लगायत कलाकारको अभिनय रहेको छ । कविता रेग्मीको निर्माण रहेको चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा ,पुरुषोत्तम प्रधानको छाँयाकन्, अर्जुन जिसीले सम्पादन रहेको छ ।