11th August 2019

चलचित्र प्रेम गीत ३ को लागी कलाकार छनौट प्रक्रिया सम्पन्न ।

साउन,२६,२०७६ ।यती बेला नेपाली चलचित्रको बजारमा चलचित्र ‘प्रेमगीत ३’ को चर्चा चुलेको छ ।यस वर्षको बहुप्रतिक्षीत चलचित्रको रुपमा लिएको उक्त चलचित्रको चर्चा चुलिनुमा चलचित्रमा आबर्ध कलाकार हरु रहेका छन ।साथै दशैंपछि फ्लोरमा जाने बताइएको उक्त चलचित्र चैत २८ गते बाट प्रदशनमा आउने निर्माण पक्षले बताएको छ ।यस को साथ साथै चलचित्र ‘प्रेमगीत ३’ को कास्टिङ लाइनअप पूरा भएको पनि बताइएको छ ।चलचित्रमा प्रेम गीत र प्रेम गीत २ मा प्रेम को भूमिकामा प्रस्तुत भएका नायक प्रदीप खड्का पुन तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिदै छन भने गीत को भूमिकाका लागी नव नायिका क्रिस्टिना गुरुङ लाई फाइनल गरिएको छ ।साथै उक्त चलचित्रमा प्रदीप र क्रिस्टिनाको साथमा नव नायक मनिष राउत, एक समय एक्सन नायकको रुपमा नेपाली चलचित्र को साथ साथै पाकिस्तानी चलचित्रमा पनि ख्याती कमाएका नायक शिव श्रेष्ठ,राते काँइलाको नाम ले परिचित सुनिल थापा, बाल कलाकार अनुभव रेग्मी, प्रेम पुरी, निर्माता सन्तोष सेन,लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा लगाएत्को अभिनय रहने चलचित्रका निर्माता सन्तोष सेनले जानकारी दिएका छन ।चलचित्रका लागी कलाकार छनोट प्रक्रिया सकिएको बताएका निर्माता सेनले चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत’  ३ लाई उत्कृष्ट बनाउन कुनै कञ्जुस्याँई नगर्ने बताएका छन