24th April 2019

निर्माता सन्तोष सेनको चलचित्र प्रेम गीत ३ को निर्माण घोषणा ।

बैशख,१२,२०७६ ।चलचित्र प्रेम गीत,प्रेम गीत २ को सफलता पछी चलचित्रका निर्माता सन्तोष सेनले प्रेम गीत ३ को निर्माण घोषणा गरेका छन ।साथै निर्माता सेनले चलचित्रको निर्माण घोषणा गर्नुका साथ साथै चलचित्रको प्रदशनी मिती पनि घोषणा गरेका छन ।छायाकन मा जानु अगावै उक्त चलचित्रको प्रदशनी मिती निर्माता सेनले यो वर्षको अन्तिम चैत २८ गते लाई लक गरेका हुन ।यसको साथ साथै निर्माता सेनले चलचित्र प्रेम गीत ३ बाट निर्मात हुँदै चलचित्रको निर्देशनमा डेब्यु गर्न लागेको पनि बताइएको छ ।स्रोतका अनुसार चलचित्र प्रेम गीतमा निर्माता सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको उक्त चलचित्रमा प्रेम गीत र प्रेम गीत २ का नायक प्रदिप खड्का लाई मुख्य भूमिकामा देख्न पाइने छ ।चलचित्रका लागी नायिका र बाँकी कलाकार भने फाइनल हुन बाँकी रहेको बताइएको छ ।चलचित्र प्रेम गीतमा अहिले की चर्चित नायिका पुजा शर्मा र प्रेम गीत २ मा अश्लिेषा ठकुरीको अभिनय रहेको थियो । आसुसेन फिल्म प्रोडक्सनबाट निर्माण हुने चलचित्रको लागी  लोकेशन र चलचित्रको टिम फाइनल भइसकेको पनि बताइएको छ।