09th August 2019

चलचित्र रातो टिका निधार मा को ‘मेरो माया के हो सार्वजनिक ।

साउन,२४,२०७६ ।कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माण र निर्देशनमा निर्मित चलचित्र रातो टिका निधार मा को एक गीत लाई निर्माण पक्षले सार्वजनिक गरेको छ । भेट्रान निर्देशक अशोक शर्माको निर्माण र निर्देशनमा निर्मित  चलचित्र ‘रातो टीका निधारमा’ को पहिलो गीत ‘मेरो माया के हो ?’ बोलको गीत लाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।चलचित्रको प्रचार प्रसार को क्रममा सार्वजनिक गरिएको उक्त गीत को भिडियोमा नव नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह माथी छाँयाकन गरिएको छ । बसन्त श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा नायिका साम्राज्ञी र नव नायक अंकित को प्रेम भाव देख्न सकिन्छ ।रवि मल्लको शब्द रहेको गीत मा कल्याण सिंहको संगीत र गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । यस वर्षको दशैंमा प्रदर्शनमा आउने बताइएको उक्त चलचित्रमा नायिका साम्राज्ञी र नायक अंकित को साथमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।किरन शर्मा र कृति शर्माको निर्माणमा निर्मित चलचित्र रातो टिका निधार मा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत मित्र देव गुरुङको सम्पादन रहेको छ ।