08th August 2019

चलचित्र सेण्टी भाइरस को निर्माण घोषणा ।

साउन,२३,२०७६ ।नेपाली चलचित्रको घरेलु बजारमा चलचित्र सेण्टी भाइरस को निर्माण घोषणा भएको छ ।हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको निर्माणमा बन्न लागेको चलचित्र‘सेन्टी भाइरस’ लाई निर्देशक राम बाबु गुरुङ्ले निर्देशन गर्ने भएका छन ।कलाकारिता र समाज सेवामा एक साथ लाग्दै आएका जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली‘ले चलचित्र सेन्टी भाइरस’ले गरेको नाफाको बीस प्रतिशत रकम समाज सेवामा लगाउने पनि बताएका छन ।बुधबार राजधनी मा एक कार्यक्रम को आयोजना गर्दै निर्माण घोषणा गरिएको उक्त चलचित्रको नाफा बाट आएको २० % रकम मा  १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई  र पाँच प्रतिशत रकम कलाकार संघको भवन निर्माणमा प्रदान गरिने कलाकार तथा समाज सेवी सिताराम कट्टेलको धुर्मुसले बताएका छन ।चलचित्र कबड्डी का निर्देशक रामबाबु गुरुङ्गले चलचित्र सेण्टी भाइरस मा धुर्मुस सुन्तलीको मुख्य भूमिका रहने र चलचित्र पोलिटिकल ड्रामामा सम्बन्धीत रहने पनि बताएका छन्।साथै चलचित्र  ‘सेन्टी भाइरस’मा सिताराम र कुञ्जना सँगै अभिनेता दयाहाङ्ग राई, विल्सन विक्रम राई, बुद्धी तामाङ्ग, राजाराम पौडेल, बसन्त भट्ट, सुर्यमाला खनाल, दिपक आचार्य लगायत कलाकारहरुको पनि अभिनय रहनेछ । भदौ ३ गतेदेखि फ्लोर मा जाने बताइएको उक्त चलचित्रमा शैलेन्द्र डि ।कार्कीको छाँयाकन,राजनराज सिवाकोटी र कालिप्रसाद बाँस्कोटाले संगीत रहने छ।