07th August 2019

चलचित्र लभ यु हमेशाको ‘भिडियो प्रतियोगीता’ ।

साउन,२२,२०७६ ।चलचित्र लभ यु हमेशाको निर्माण टिमले ‘भिडियो प्रतियोगीता’ आयोजना गरेको छ ।भदौको ३० गतेबाट प्रदशनमा आउन लागेको चलचित्र‘लभ यू हमेशा’को निर्माण टिमले आयोजना गरेको ‘भिडियो प्रतियोगीता’मा। विवाहित वा अविवाहित जोडीले ‘प्रेम प्रस्ताव राखेको भिडियो’ बनाएर चलचित्रको नाम लेखेर चलचित्रको फेसबुक पेजमा पोष्ट गर्नुपर्नेछ । दर्शकबाट प्राप्त भिडियोमध्ये जुन भिडियोमा बढी लाइक र कमेन्ट धेरै आउँछ, सोही भिडियोलाई विजेता बनाउने निर्माण टिमले बताएको छ ।धर्मा क्रियशनको ब्यानर बाट निर्माण भएको चलचित्रको ‘भिडियो प्रतियोगीता’को  बिजेतालाई निर्माण टिमले चलचित्रका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेज लगायत बिभिन्न उपहार प्रदान गर्ने पनि बताइएको छ ।समाचार स्रोतका अनुसार ‘भिडियो प्रतियोगीता’को बिजेता नाम घोषणा भदौ २१ गते गरिने कार्यक्रम रहेको पनि बताइएको छ ।त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र लभ यु हमेशामा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।भास्कर प्रधानको लेखन र निर्देशनमा निर्माण भएको चलचित्रको प्रस्तुतिमा यवन गुरुङको रहेको छ भने  मिलन गुरुङ सहनिर्माता रहेका छन ।साथै यती बेला चलचित्रमा समाबेश दुइ गीतको छायाकन फिलिपिन्सको बिभिन्न स्थानमा भैरहेको छ ।