05th August 2019

चलचित्र मारुनीको ट्रेलर सार्वजनिक ।

साउन,२०,२०७५ ।आज राजधानी मा एक कार्यक्रम को आयोजन गर्दै चलचित्र मारुनीको ट्रेलर सार्वजनिक गरिएको छ ।भाद्र १३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र मारुनीको निर्माण टिमले चलचित्र को प्रचार प्रसार लाई थप बलियो बनाउनको लागी चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।यस अघी निर्माण टिमले सार्वजनिक गरेको चलचित्रमा समाबेश गीत जाम्न माया जाम र सक्दिन म बाँच्नले नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल भैरहेको समयमा चलचित्रको उक्त ट्रेलर सार्वजनिक भएको हो ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,रेबिका गुरुङ र नायक पुष्प खड्काको मुख्य अभिनय रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा नायिका साम्राज्ञीको पुष्प प्रति पागल प्रेम देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण भएको चलचित्र मारुनीमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको साथमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ । निर्देशक नवल नेपालको निर्देशन रहेको चलचित्रलाई निर्मात्री पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् ।निर्माण कार्य देखी नै चर्चामा रहेको चलचित्र मारुनी को ट्रेलर सार्वजनिक कार्यक्रम मा निर्मात्री पुना गौतम क्षेत्री,निर्देशक नवल नेपाल,गायक तथा संगीतकार दीपक बज्राचार्य नायक पुष्प खडका,नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,रेबिका गुरुङ को उपस्थित रहेको थियो ।चलचित्रमा निर्देशक नेपाल र गोविन्द्र फुयालको कथा,संजय लामाको छायांकन,मित्र डि,गुरुङको सम्पादन रहेको छ।