04th August 2019

चलचित्र साङ्लो को प्रदशनी मिती घोषणा ।

साउन,१९,२०७६ ।चलचित्र साङ्लो को प्रदशनी मिती घोषणा गरिएको छ ।एक समय एक्सन नायकको चर्चा बटुलेका नायक  विराज भट्टको निर्माण र निर्देशनमा,बन्न लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित चलचित्र‘साङ्लो’को प्रदर्शन मिति कात्तिक १५ गते तय गर्दै निर्माण टिमले चलचित्रको प्रदशनी घोषणा गरेको हो। स्रोतका अनुसार चलचित्र साङ्लो लाई वितरक कम्पनी काफिया फिल्मस् र एफडीले छठको अघिल्लो दिन अर्थात् कात्तिक १५ गते लाई डेट दिएको बताएको छ ।साथै उक्त चलचित्रको निर्माण टिम चलचित्रको प्रदर्शन मितिसहित चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गर्ने तयारीमा रहेको पनि बताइएको छ । सम्पादनको टेवलमा रहेको उक्त चलचित्रले किड्नी तस्करीको कथा बोल्ने बताइएको छ ।चलचित्रमा विराज भट्ट,पूर्व मिस नेपाल निकिता चाण्डकको मुख्य अभिनयाँ रहेको छ । चलचित्र ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर,पि, पन्तलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।