02nd August 2019

आज बाट एक साथ दुइ चलचित्रको प्रदशन शुरु ।

साउन,१७,२०७६ ।आज शुक्रबार साउन १७ गते बाट नेपाली चलचित्रको घरेलु बजार मा एक साथ दुइ चलचित्रले प्रदशन शुरु गरेको छ ।आज बाट प्रदशन मा आएका ति दुइ नेपाली चलचित्र हरुमा चलचित्र न यता न उता र रातो गलबन्दी रहेका छन ।शुक्रबार रिलिजको परम्परा धान्दै आजबाट एकसात  प्रदर्शनमा आएको चलचित्र‘रातो गलबन्दी’ र ‘न यता न उता’ ले कतिको दर्शक पाउँछन् त्यो भने हेर्न बाकी रहेको छ ।विशारद बस्नेत र मिराज रोशको सयुक्त निर्देशनमा कमेडी जनरामा निर्माण भएको चलचित्र ‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायत कलाकार हरुको अभिनय रहेको छ ।रिना लामा कार्यकारी निर्माता रहेचलचित्र न यता नौताले सबै उमेरका दर्शकलाई दुई घन्टा भरपुर मनोरञ्जन दिने निर्माण पक्षले बताएको छ ।त्यसै गरी आजै बाट प्रदशन मा आएको चलचित्र रातो गलबन्दी लाई निर्देशक अनिश थापाको निर्देशन गरेकाअ छन ।सामाजिक प्रेमकथामा निर्माण भएको मा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ । हिमाल कडरिया र दुर्गा बस्नेतले निर्माण र मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रको  स्क्रिप्ट किरण माइकलले लेखेका हुन् भने हिमाल कडरियाको कथा रहेको छ ।बासुदेव घिमिरे, अमृता मगैराम सहनिर्माता  रहेको चलचित्र रातो गलबन्दिको कार्यकारी निर्मातामा कृष्ण घिमिरे र प्रकाश दुलाल रहेका छन् ।