01st August 2019

चलचित्र लक्का जवान को निर्माण घोषणा ।

साउन,१६,२०७६ ।चलचित्र लक्का जवान को निर्माण घोषणा गरिएको छ ।बुधबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको चलचित्र लक्का जवान लाई ‘प्वाक्क मुखामा हान्नु जस्तो’ थेगोले आम दर्शकमाझ चर्चित बनेका हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्दैछन ।प्रस्तुतकर्तामा ध्रुव पन्त रहेको चलचित्रको छाँयाकन भदौपछि सुरु हुने बताइएको छ ।चलचित्रमा निर्देशक पौडेल,किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको उक्त चलचित्रको निर्मात्रीमा अनसुया श्रेष्ठ वन्त रहेकी छिन् ।साथै चलचित्रको सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । निर्देशक पौडेलको कथा रहेको चलचित्रमा बाबुल गिरीको संगीत,कविराज गहतराजको कोरियोग्राफी,पुरुषोत्तम प्रधानको छाँयाकन,मित्र डि,गुरुङको सम्पादन रहने छ ।