30th July 2019

कबड्डी कबड्डी कबड्डी को प्रदशनी मिती सरे सगै मारुनीले एकल प्रदशन को मौका पायो ।

साउन,१४,२०७६ । निर्देशक राम बाबु गुरुङ निर्देशित चलचित्र कबड्डी कबड्डी कबड्डी को प्रदशनी मिती सारिएको छ । भाद्र १३ गते बाट प्रदशनमा आउने भनिएको चलचित्र अब असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।असोज ३ गते निर्देशक हेमराज विसी निर्देशित चलचित्र 'घामड शेरे'ले छाडेको मिती हो ।प्राविधिक कारणले चलचित्रको प्रदशनी मिती सारिएको बताएको चलचित्र कबड्डी कबड्डी कबड्डी सरे सगै अब भाद्र १३ मा निर्देशक नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का अभिनित चलचित्र 'मारुनी' ले एकल प्रदर्शनको अवसर पाएको छ । स्रोतका अनुसार उक्त मितिमा बलिवूड चलचित्र‘साहो’प्रदशनमा आउने भए पछी चलचित्र 'मारुनी' को प्रदर्शन मिति पोस्टपोन्ड हुने चर्चा चली रहेको समयमा सुपरहिट चलचित्रको सिरिज कबड्डी कबड्डी कबड्डी नै छेउ लागेको बताएको छ ।स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित चलचित्र‘कबड्डी कबड्डी कबड्डी’मा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा ।निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको चलचित्रमा शैलेन्द्र डि,कार्कीको छाँयाकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।