29th July 2019

चलचित्र लभ डायरिजको सुन्यौ की सुनेनौ तिमीले सार्वजनिक ।

साउन,१३,२०७६ ।चलचित्र लभ डायरिजको गीत सार्वजनिक भएको छ ।निर्देशक सौरभ चौधरी र निर्माता बिनोद सापकोटाको निर्माणमा निर्मित चलचित्र लभ डायरिजको सार्वजनिक गरेको सुन्यौ की सुनेनौ तिमीले बोलको गीतमा गायक सुगम पोखरेल र गायिका स्वेच्छ्या ठकुरीको आवाज रहेको छ ।शब्द संगीत, संगीतकार अर्जुन पोखरेलको रहेको गीतको भिडियो लाई एञ्जिला खत्री र बिक्रम लामाले निर्देशन गरेका छन ।हिमाली भेगको रमणिय स्थान हरुमा छाँयाकन गरिएको भिडियोमा नायक सुशिल श्रेष्ठ र नायिका रुबिना थापा माथी छायाकन गरिएको छ ।जहाँ नायक सुशिल र नायिका रुबिनाको जोडी लाई सुन्दर देखिएको छ ।असोज ३ गते बाट प्रदशनमा आउन लागेको चलचित्रमा सुशिल श्रेष्ठ,रुबिना थापा,बिश्वजित रिमालको मुख्य अभिनय रहेको छ ।चलचित्रमा मधु बास्तोलाको कथा लेखन,सञ्जय लामाको छाँयाकन्,मिलन श्रेष्ठको सम्पादन,अर्जुन पोखरेलको संगीत रहेको छ ।