24th April 2019

दाल भात तरकारीको काठमाण्डौंको कन्सर्ट मा दर्शक को बाक्लो उपस्थिती ।

बैशाख,११,२०७६ ।चर्चित हाष्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंशा आचार्यको ब्यानर मह सञ्चारको प्रस्तुतीमा अर्का चर्चित हाष्य कलाकार किरण केसीले निर्माण गरेको चलचित्र दाल भात तरकारी आउँदो शुक्रबार, बैशाख २० गतेदेखि प्रदर्शनमा आउँदैछ । साथै उक्त चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै चलचित्रको निर्माण टिम यती बेला चलचित्रको प्रचार प्रसारमा ब्यस्त रहदै आएका छन ।चलचित्रमा समाबेश सार्वजनिक गरिएको गीत भिजिट भिशा र दाल भात तरकारीले नेपाली दर्शक हरुको मन जिती रहेको अवस्थामा दाल भात तरकारीको टिमले मोफसल यात्रा पनि गरी सकेका छन ।गीत संगीत सार्वजनिक भए सगै नेपाली चलचित्रका दर्शक माझ प्रतिक्षित बनी रहेको उक्त चलचित्रको टिमले गत सोमबार बालाजुको बिजी मलमा कन्सर्ट गरेको छ।हरिवंश आचार्य, निरुता सिंह, मदनकृष्ण श्रेष्ठ सहित पुष्प, आँचल लगायत कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको कन्सर्ट मा दर्शक हरुको उल्लेख्य उपस्थित रहेको थियो ।कलाकार तथा निर्माता किरनका सुपुत्र निर्देशक सुदशन के,सीले निर्देशन गरेको चलचित्र दाल भात तरकारीको कन्सर्टमा नायक पुष्प खड्का, निर्माता तथा कलाकार किरण केसी, हाँस्यव्यांग्य कलाकार सन्दिप क्षेत्री, गायिका मिना निरौला लगायतले कन्र्सटमा उपस्थित दर्शकलाई मनोरञ्ज प्रदान गरेका थिए ।