26th July 2019

चलचित्र झिङ्गेदाउमा नायिका आँचल शर्मा अनुबन्धित ।

साउन,१०,२०७६ ।निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र झिङ्गेदाउमा नायिका केकी अधिकारी र अभिनेता मुकुन भुषाल लाई चलचित्रको प्रमुख पात्रको लागी फाइनल गरी सकिएको छ ।साथै अब उक्त चलचित्रको लागी केकी अधिकारी र मुकुन भुषालको साथमा नायिका आँचल शर्मा लाई पनि मुख्य भूमिकाको लागी अनुबन्धित गरिएको छ ।निर्देशक ज्ञानेन्द्र देउजाले नायिका आँचल लाई उक्त चलचित्रमा अभिनय गराउनको लागी केहि दिन अगाडी मात्रै अनुबन्धित गरेको हो साथै नायिका आँचल र चलचित्र ‘झिङ्गेदाउ’को निर्माण टिम बिच कागजी सम्झौता पनि भैसकेको बताइएको छ ।साहित्यकार भिमनिधि तिवारीको आख्यानमा आधारित रहेर निर्माण गरीना लागेको उक्त चलचित्रमा नायिका केकी र अभिनेता मुकुन जोडी रुपमा प्रस्तुत हुँदैछन् भने, नायिका आँचलको जोडी कोसँग बाँधिने छ भन्ने खुलाइएको छैन् ।साथै उक्त चलचित्रका लागि निर्माण टिमले अन्य २ मुख्य कलाकार पनि फाइनल गरी सकेको भए पनि उनि हरुको नाम भने सार्वजनिक नगरेको स्रोतले बताएको छ ।भदौ देखि छायाँकनमा जाने उक्त चलचित्रको छायाकन  सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिने पनि बताइएको छ ।