25th July 2019

निर्माता सुवास गिरी चलचित्रको निर्माण र निर्देशन आफै गर्दै ।

साउन,१०,२०७६ ।नेपाली चलचित्रका निर्माता सुवास गिरी अब चलचित्रको निर्माण को साथ साथै निर्देशन पनि आफैले गर्ने तयारी गरी रहेका छन् । निर्माता गिरिले निर्देशन गर्ने चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको प्रमूख भूमिका रहने र चलचित्रको नाम्'नन्दुलाल' रहने बताईको छ ।'कृ', 'नोभेम्बर रेन', 'पर्व' लगायतका चलचित्र हरु निर्माण गरी सकेका गिरीले चलचित्र 'नन्दुलाल'को निर्माण र निर्देशन आँफैले गर्ने भएक हुन । स्रोतका अनुसार खगेन्द्रको चलचित्र 'पानीफोटो' छायांकन पश्चात यो फिल्म फ्लोरमा जाने बताईएको छ ।