24th July 2019

चलचित्र ‘साइनो’को आइटम गीत ‘क्या बात छ’ सार्वजनिक ।

साउन,९,२०७६ ।चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्देशक रमेश थापाको निर्देशनमा निर्मित चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक भएको छ ।यस अघी चलचित्रमा समबेश गीत कुन मायाको साइनो, मायालु लाई जात्रैमा भेट भयो सार्वजनिक गरी सकेको निर्माण टिमले सार्वजनिक गरेको ‘क्या बात छ’ बोलको गीतमा मिना निरौलाको शब्द, यमन सुवेदीको शब्द, किरण भुषालको संगीत रहेको छ ।गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथै भिडियोमा नायक राजकुमार र कलाकार राजा राजेन्द्र माथी पनि छाँयाकन गरिएको छ ।साउनको २४ गतेबाट प्रदशनमा आउन लागेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले  निर्माण गरेको चलचित्रमा अभिमन्यु निरबीको लेखन,रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ ।चलचित्रको कार्यकारी निर्मातामा शरण थापा रहेका छन ।