22nd July 2019

चलचित्र कबड्डी कबड्डी कबड्डीको दुबोको माला सार्वजनिक ।

साउन,७,२०७६ ।निर्देशक रामबाबु गुरुङको निर्देशनमा निर्मित चलचित्र कबड्डी कबड्डी कबड्डी  को गीत सार्वजनिक भएको छ । चलचित्र कबड्डी र कबड्डी कबड्डी को सफलता पछी निर्देशक राम बाबु गुरुङ ले निर्मान र निर्देशन गरेको उक्त चलचित्रको सार्वजनिक गरेको दुबोको माला बोल को गीतमा हेमन्त राना र रितिका श्रेष्ठको स्वर रहेको छ ।गीतको भिडियोमा दयाहाङ राई, उपसना सिंह ठकुरी, कर्म शाक्य, विल्सन विक्रम राइ,बुद्धी तामाङ लगाएत माथी छाँयाकन गरिएको छ ।गीतमा हर्क साउदको शब्द र एस ।डी योगीको संगीत,रेनाशा राईको नृत्य निर्देशन रहेको छ । भदौ १३ गते बाट प्रदशनमा आउन लागेको चलचित्र कबड्डी कबड्डी कबड्डी मा दयाहाङ राई, उपसना सिंह ठकुरी, कर्म शाक्य, विल्सन विक्रम राईसँगै बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के । राई लगायत कलाकारको अभिनय रहेको छ ।चलचित्रमा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी,शैलेन्द्र डि । कार्कीले छायांकन,सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।