22nd July 2019

हरर चलचित्र ‘घर’ले नेपाली चलचित्रका दर्शक हरुको मन जित्दै । 

साउन,६,२०७६ ।गत शुक्रबार बाट नेपाली चलचित्रको घरेलु बजारमा प्रदशनमा आएको नेपाली कथानक चलचित्र घरले नेपाली चलचित्रका दर्शक हरुको मन जित्दै सफल ब्यापार गरी रहेको बताइएको छ ।शुक्रबार साउन ३ गते बाट प्रदशनमा आएको हरर चलचित्र ‘घर’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । स्रोत लाई चलचित्रको निर्माण कम्पनी डीएस डिजिटलले दिएको जानकारी अनुसार, शुक्रबार र शनिबार चलचित्र घरले ५० लाख माथिको ग्रस कलेक्शन गरेको बताइएको छ । डीएस डिजिटलका सदस्य दिपेन्द्र के खनालका अनुसार चलचित्र घरले सिंगल र मल्टिप्लेक्स दुबैमा सुखद व्यापारगरी रहेको बताएका छन ।साथै अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगाएत कलाकार हरुको अभिनय रहेको चलचित्र घरको सिक्वेलको निर्माणका लागी दर्शक हरुले माग गरेको समेत बताएका छन । ६० लाख रुपैयाँको लगानीमा निर्माण भएको चलचित्रले हल र डिजिटल राइट्सबाट लगानी उठाएको पनि निर्माण कम्पनीले दाबी गरेको छ । निर्मात्री शर्मिला पाण्डेको लगानीमा बनेको चलचित्रमा निर्देशक अर्पण थापाको लेखन तथा निर्देशन रहेको छ ।