20th July 2019

चलचित्र सरौतोको टिजर सार्वजनिक ।

साउन,५,२०७५ ।कात्तिक २२ गते बाट प्रदशन मा आउन लागेको चलचित्र सरौतोको टिजर सार्वजनिक भएको छ ।यस अघी चलचित्रमा समाबेश गीत कुले दाइ सार्वजनिक गरेको निर्माण टिमले शुक्रबार साँझ एक्सनयूक्त टीजर सार्वजनिक गरेको हो ।महिला केन्द्रित चलचित्र बताइएको ‘सरौतो’ को सार्वजनिक टीजरमा नायिका सुमी मोक्तानलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथै उक्त टिजरमा नायक सन्नी सिंह र नायिका सुमी लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । निर्देशक हरी हुमागाईंको निर्देशनमा निर्मित चलचित्रमा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र सरौतोमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन,शंकर महर्जनको एक्सन,राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।