18th July 2019

चलचित्र मारुनीको सक्दिन म बाँच्न तिमी बिना सार्वजनिक ।

साउन,३,२०७६ ।भदौ १३ गते बाट प्रदशनमा आउन लागेको निर्देशक नवल नेपालको निर्देशन र निर्मात्री पुनम गौतम क्षेत्रीको निर्माणमा निर्मित चलचित्र मारुनीको दोस्रो गीत सार्वजनिक । भएको छ ।चलचित्रको प्रचार प्रसार गर्दै सार्वजनिक गरेको सक्दिन म बाँच्न तिमी बिना बोलको गीतमा सुरेश वाग्लेको शब्द संगीतकार अर्जुन पोखरेल को संगीत र गायिका मेलिना राइको आवाज रहेको छ ।नायिका साम्राज्ञी र नायक पुस्प खडाँकाको मुख्य अभिनय रहेको उक्त चलचित्रको सार्वजनिक गीत को भिडियोमा नायिका साम्राज्ञी र नायक पुस्प माथी छाँयाकन गरिएको छ ।यस अघी चलचित्रको निर्मण टिमले सार्वजनिक गरेको गीत जाम न माया जाम बोल को गीतले नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्न सफल भैरहेको समयमा उक्त गीत सार्वजनिक गरिएको हो ।चलचित्र मारुनीमा नेपाली चलचित्रको बजारमा चर्चामा रहेकी र पहिलो चलचित्र ड्रीम्स बाट नै नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै स्टार नायिकाको उपमा पाउन सफल नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र म्युजिक भिडियो हुँदै चलचित्र दर्पण छ्ँया २ बाट नेपाली रजतपटमा डेब्यु गरेका नायक पुष्प खडकाको मुख्य भूमिका रहेको छ ।