17th July 2019

चलचित्र प्रेम गीत ३ मा बालकलाकार समृद्धी शाही ठकुरी अनुबन्धित ।

साउन,१,२०७६ ।चलचित्र प्रेम गीत ३ मा बालकलाकार ‘गीत’को भुमिकामा समृद्धी शाही ठकुरीलाई अनुबन्धित गरिएको छ ।आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानर र निर्माता सन्तोश सेनको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रेम गीत ३’मा बाल कलाकार अनुभव रेग्मीको जोडीको लागि नव बाल कलाकार समृद्धी शाही ठकुरीलाई बालकलाकार ‘गीत’को भुमिकामा को लागी अनुबन्धित गरिएको हो ।केहि समय अगाडी उक्त चलचित्रको लागी नायक प्रदीप खडकाको जोडीको लागी गीत भुमिकाको लागि नव नायिका क्रिस्टिना गुरुङ अडिसन मार्फत फाइनल भएकी थिइन् । उनी अडिसन मार्फत छनोट भएकी हुन् ।नव नायिका क्रिस्टिना गुरुङ सहित करिब २७ सय जनाले आवेदन भरेको मा । निर्माण टिमले २५ जनालाई छनोट गरी अडिसन गरिएको थियो । त्यस मध्ये क्रिस्टिनाले गीत बन्ने अवसर पाएकी हुन ।अब चलचित्र प्रेम गीत ३ मा क्रिस्टिनाको बालापनको भुमिकालाई समृद्धी शाही ठकुरीले प्रतिनिधित्व गर्ने भएकी छिन् ।छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्न लागेको चलचित्रमा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा फाइनल भइसकेका छन् ।