16th July 2019

चलचित्र माछा माछाको फस्र्टलुक पोस्टर सार्वजनिक ।

असार,३१,२०७६ ।सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्र माछा माछाको फस्र्टलुक पोस्टर र चलचित्रको प्रदर्शन मिति एक साथ सार्वजनिक गरिएको छ ।चलचित्र माछा माछाको निर्माण टिमले मंगलबार चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदशनी मिती फाइनल गरिएको हो । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र माछा माछा कार्तिक २९ गते बाट प्रदशन मा आउने भएको छ ।चलचित्रको निर्माण टिमले सार्वजनिक गरेको चलचित्रको पोस्टरमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे,माओत्से गुरुङ,नायिका नम्रता श्रेष्ठ लाई समेटेको छ ।चलचित्रको पोस्टरमा माओत्सेको समुह र सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको समुह छुट्टिएको छ । रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रका सह निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की रहेका  छन् ।