22nd April 2019

प्रदशनको तेस्रो हप्तामा प्रबेश गर्दै चलचित्र ए मेरो हजुर ३ ।

बैशाख,०९,२०७६ ।नेपाली हरुको नयाँ वर्ष २०७६ को छेकोमा,निर्देशक झरना थापाको निर्देशनमा निर्मित र नायक अनमोल के,सी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ३ ले यती बेला नेपाली चलचित्रको घरेलु बजारमा सफल ब्यापार गरी रहेको छ ।प्रदशनको दोस्रो हप्तामा प्रबेश गरेको चलचित्र ए मेरो हजुर ३ अब प्रदशनको तेस्रो साता तिर लम्किएको छ ।लामो समय देखी नेपाली चलचित्रको ब्यापार मा देखिदै आएको निराशामा लाई यस चलचित्रले आशामा बदल्न सफल भैरहेको छ । यो चलचित्रले प्रदर्शनमा आएको चौथो  दिनमा नै ४ करोडको ब्यापार गर्न सफल भैसकेको छ ।गत शुक्रवारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रबेश गरेको यो चलचित्रले पहिलो हप्ता साढे ५ करोडको आसपासमा व्यापार गरेको अनुमान गरिएको छ । चलचित्रले सिनेमा हल मा सुखद ब्यापार गरे सगै चलचित्रका कलाकारहरु हल हलमा पुगेर दर्शक हरु सँग खुशी साटी रहेका छन ।