15th July 2019

चलचित्र मिष्टर नेपालीको छाँयाकन सम्पन्न ।

असार,३०,२०७६ ।सदाबहार नायक भुवन के सी र नायिका रीमा बिश्वकर्माको मुख्य अभिनयाँ रहेको चलचित्र मिष्टर नेपालीको छाँयाकन सम्पन्न भएको छ ।चलचित्र ‘मिस्टर नेपाली’को निर्माण टिमले आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा फिल्मको छायांकन सकिएको बताएको हो ।साथै उक्त कार्यक्रम चलचित्र मिष्टर नेपाली तिहारको छेकोमा प्रदशन मा आउने पनि बताइएको छ । देव भुषालको निर्देशन निर्मित उक्त चलचित्रमा भुवन केसी,रीमा विश्वकर्मा, बिष्ण’ सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगाएतको मुख्य भुमिका रहेको छ ।सदाबहार नायक भुवन के सी लाई उक्त चलचित्रमा दोहोरी भूमिकामा देखिन पाइने छ ।प्रेमराज दाहालको लगानी रहेको चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।