14th July 2019

चलचित्र‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो' सार्वजनिक ।

असार,२९,२०७६ ।नेपालीचलचित्रको घरेलु बजार मा भाद्र ६ गते बाट प्रदशनमा आउन लागेको चलचित्र ‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक तथा निर्माता विकासराज आचार्यको निर्देशनमा निर्मित चलचित्र‘हजार जुनीसम्म’को दोस्रो गीत लाई निर्माण टिमले सार्वजनिक गरेको छ ।यस अघी चलचित्रमा समाबेश पहिलो गीत एम जि रोडैमा सार्वजनिक गरेको निर्माण पक्षा ले चलचित्रमा समाबेश दोस्रो गीत ‘आज नगद भोली उधारो'लाई सार्वजनिक गरेको हो ।चलचित्रको प्रचार प्रसारको क्रममा सार्वजनिक गरेको ‘आज नगद भोली उधारो’ गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन रहेको छ ।एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाको संगीतमा तयार भएको लोक शैलीको गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता आर्यन सिग्देल र शिवहरी पौडेल माथी छाँयाकन गरिएको छ । हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा देख्न पाइने उक्त भिडियो लाई नृत्य निर्देशक कबिराज गहतराजले निर्देशन गरेका छन ।साथै सार्वजनिक उक्त गीतको भिडियोमा चलचित्रकी प्रमुख पात्र नायिका स्वस्तिमा खड्का,नव-अभिनेता अखिलेस प्रधान, कलाकार उत्तम के,सी लगायत लाई पनि समेटिएको छ ।चलचित्रमा आर्यन, शिवहरी, स्वस्तिमा र अखिलेसका अलावा प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, सलोन बस्नेत, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । विशाल चाम्लिङ्गको कथा,निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छाँयाकन्, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ ।