12th July 2019

चलचित्र गीत गजलको छ की छैन तिमी लाई थाहा सार्वजनिक ।

असार,२७,२०७६ ।निर्देशक नितिन चन्द निर्देशित चलचित्र गीत गजलको छ की छैन तिमी लाई थाहा सार्वजनिक भएको छ ।नेपाली चलचित्रको घरेलु बजारमा असोज २४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र गीत गजलको निर्माण टिमले चलचित्रको प्रचारको क्रममा उक्त गीत सार्वजनिक गरेको हो ।केहि दिन अघी मात्र चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले सार्वजनिक गरेको गीत छ कि छैन तिमी लाई थाहा मा ।संगीतकार अर्जुन पोखरेलको शब्द संगीत,गायिका अन्जु पन्त र गायक सुरेश लामाको स्वर रहेको छ । निर्देशक नितिन चन्दको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख पात्र नायक रुप पोखरेल र नायिका आरोही सिहं माथी छाँयाकन गरिएको छ ।लभ स्टोरी चलचित्र गीत गजल बाट नेपाली रजतपटमा रुप पोखरेल र आरोही सिहंले नायक नायिकाको रुप मा डेब्यु गर्दैछन् ।चलचित्रमा रुप र आरोहीको साथ साथै कलाकार रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतको अभिनय रहेको छ । चलचित्र गीत गजलमा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेल,संगीतकार अर्जुन पोखरेलको संगीत, नृत्य निर्देशक कविराज गहतराजको नृत्य, अर्जुन जिसीको सम्पादन,बाबु श्रेष्ठको छाँयाकन रहेको छ ।आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र‘गीत गजल’मा आरोहण क्षेत्रीको निर्माण रहेको छ भने सुजन आचार्य सह निर्माताको रुपमा रहेका छन् ।