12th July 2019

चलचित्र साइनो को ट्रेलर सार्वजनिक ।

असार,२७,२०७६ ।नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको पहिलो चलचित्र साइनो को ट्रेलर सार्वजनिक भएको छ ।साउन २४ गते देखि प्रर्दशनमा आउन लागेको चलचित्र साइनोको ट्रेलर लाई चलचित्रको प्रचार प्रसारको क्रम मा हिजो बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा मिरुना मगर, राज कुमार र नीता ढुंगानाको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ ।रमेश थापाको निर्देशनमा निर्मित चलचित्र साइनोमा  मिरुना, राज र नीतासँगै भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई,शिखा मल्ल, राजा राजेन्द्र पोखरेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आर्चाय, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ । अभिमन्यु ‘निरवी’को कथा रहेको चलचित्रमा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन,बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।चलचित्रका सह–निर्मातामा शरण थापा रहेका छन् ।