11th July 2019

नायिका शिल्पाले निर्माता छविसँग मागिन डिभोर्स ।

असार्,२५,२०७६ ।म्युजिक भिडियो हुँदै चलचित्र लज्जा मार्फत चलचित्रको ठुलो पर्दामा फदको मारेकी नायिका शिल्पा पोखरेलले ।चलचित्र निर्माता छबी ओझा बिरुद्धा घरेलु हिंसा गरेको आरोप लगाउदै केहि दिन अगाडि काठमाडौं प्रहरी परिसरमामा उजुरी दिएकी छिन ।समाचार स्रोतका अनुसार नायिका शिल्पाले  आफूमाथि श्रीमान् ओझाले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएको बताइएको छ ।साथै स्रोतका अनुसार्
दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको मा निर्माता ओझा विरामी परेपछि आज बिहीबार दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको पनि जानकारी प्राप्त छ । सम्बन्धमा खटपट हुनुको कारण खुल्न नसके पनि,केही समययता दुईको बैबाहिक जीवनमा दरार उत्पन्न भएको निकट स्रोतले समाचार स्रोत लाई बताएको बताइएको छ । साथै स्रोतका अनुसार, आफु माथी घरेलु हिंसा भए पछी नायिका शिल्पाले छविसँग डिभोर्स मागेकी पनि बताइएको छ । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् । गएको तीन वर्ष अगाडि शिल्पा र छविले काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका पनि यि दुइले विवाह गरेको लामो समयसम्म बिवाह गरेको कुरा सार्वजनिक गरेका थिएनन् । निर्माता छविले नायिका शिल्पालाई चलचित्र 'लज्जा' बाट नेपाली रजतपट मा डेब्यू गराएका थिए ।