10th July 2019

चलचित्र  ‘गीत गजल’ को फस्टलुक पोस्टर सार्वजनिक ।

असार,२५,२०७६ ।नेपाली चलचित्रको घरेलु बजारमा असोज २४ गते बाट प्रदर्शनमा आउन लागेको, निर्देशक नितिन चन्द निर्देशित चलचित्र गीत गजलको फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।चलचित्र  ‘गीत गजल’ को  निर्माण टिमले  असोज २४ गते लाई प्रदशनी मिती तय गर्दै चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।लभ स्टोरी चलचित्र गीत गजल बाट नेपाली रजतपटमा रुप पोखरेल र आरोही सिहंले नायक नायिकाको रुप मा डेब्यु गर्दैछन् ।चलचित्रमा रुप र आरोहीको साथ साथै कलाकार रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतको अभिनय रहेको छ । चलचित्र गीत गजलमा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेल,संगीतकार अर्जुन पोखरेलको संगीत, नृत्य निर्देशक कविराज गहतराजको नृत्य, अर्जुन जिसीको सम्पादन,बाबु श्रेष्ठको छाँयाकन रहेको छ ।आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र‘गीत गजल’मा आरोहण क्षेत्रीको निर्माण रहेको छ भने सुजन आचार्य सह निर्माताको रुपमा रहेका छन् ।