09th July 2019

चलचित्र म यस्तो गीत गाउँछु २ मा पुजा र पल को जोडी बाँधियो ।

असार,२४,२०७६ ।निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र म यस्तो गीत गाउँछु २ को शुभमुर्हत भएको छ ।निर्देशक थापाले चलचित्र म यस्तो गीउँछु को सफलता पछी ग्निर्माण गर्न लागेको उक्त चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलमा  नायिका पूजा शर्मा र नायक पल शाहको जोडी बाँधिएको छ । दशैंपछि फ्लोर मा जाने बताइएको उक्त चलचित्रको हिजो मंगलबार असार २३ गते मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।चलचित्र म यस्तो गीत गाउँछु २ को मुहूर्त समारोहमा चलचित्रका निर्देशक सुदर्शन थापा, नायिका पुजा शर्मा र नायक पल शाह लगाएत को उपस्थिति थियो ।चलचित्र मा संगीतकार अर्जुन पोखरेल को संगीत,सौरभ लामाको छाँयाकन रहने छ । पूजा र पलबाहेक अन्य कलाकारहरु भने फाइनल गर्न बाँकी रहेको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नयाँ कथामा बन्ने निर्देशक थापाले बताएका छन् । लभस्टोरी कथामा निर्माण हुने उक्त चलचित्रको प्रदशनी मिती आउँदो फागुन २३ गतेलाई घोषणा गरिएको छ ।