07th July 2019

चलचित्र रामकहानी अब यु ट्युबमा हेर्न पाइने ।

असार,२२,२०७६ ।गत बर्षको भाद्र २२ गते प्रदशनमा आइ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै ।नेपाली चलचित्रको घरेलु बजारमा सफल ब्यापर गरेको चलचित्र रामकहानी लाई अब यु ट्युबमा हेर्न पाइने भएको छ ।निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको निर्माण र निर्देशक सुदर्शनको निर्देशनमा निर्मित उक्त चलचित्र लाई बुढा सुब्बाको यु ट्युब च्यानल बाट गत शुक्रबार सार्वजनिक गरे सँगै चलचित्र रामकहानी यु ट्युब मा हेर्न पाइने भएको हो ।नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा लगायत कलाकारको अभिनय रहेको सस्पेन्स कमेडी चलचित्र रामकहानी मा रामको भूमिकामा नायक आकाश श्रेष्ठ प्रस्तुत भएका छन् भने उनको जोडीको रुपमा पूजा शर्मा प्रस्तुत भएकी छिन् ।यु ट्युब मा सार्वजनिक भएको छोटो समय मै उक्त चलचित्र सकारात्मक प्रतिक्रियाको साथ यु ट्युब को ट्रेण्डिङ को चौथो नं मा आउन सफल भएको छ भने उक्त चलचित्र लाई यु टुब मा १५ लाख भन्दा धेरै पटक हेरी सकिएको छ ।