04th July 2019

 चलचित्र सरौतोको पहिलो गीत ‘कुले दाई’ सार्वजनिक ।

असार,१९,२०७६ । चलचित्र सरौतोको पहिलो गीत लाई निर्माण पक्षले चलचित्रको प्रचार प्रसार गर्दै सार्वजनिक गरेको छ ।छायाँकार हरि हुमागाईंको डेब्यु निर्देशनमा एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्र‘सरौतो’मा समाबेश‘कुले दाई’ बोलको गीत लाई निर्माण टिमले सार्वजनिक गरेको छ ।उक्त गीत लाई बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।लोक शैलीको ‘कुले दाई’बोल को गीतमा ‘कुटुमा कुटु’सुर्के थैली खोइ,गोजिमा दाम छैन लगाएत नेपाली गीत संगीतको बजारमा दिइ सकेका चर्चित गायक तथा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ भने गायक तथा संगीतकार राजन राज शिवाकोटी लार्ई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् ।निलिशा शाक्यको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा नायिका सुमी मोक्तान र नायक सन्नी सिंह माथी छायाकन गरिएको छ । गीत सार्वजनिक कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरी, केदार घिमिरे, अभिनेता मनिष श्रेष्ठ, निर्देशक तथा कलाकार आसिफ शाहलगायतको उपस्थित रहेको थियो ।चलचित्र सरौतोको निर्माण टिमले चलचित्र सरौतो'रिभेञ्ज स्टोरी'मा निर्माण भएको बताएका छन ।विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको कार्यकारी निर्मातामा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।शंकर महर्जनको एक्सन,राघव कृष्ण गौतमको लेखन,उत्तम हुमागाईंको छायांकन,राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत,निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य रहेको छ । कात्तिक २२ गते बाट प्रदशन मा आउन लागेको चलचित्रमा सुमी र सन्नीका अलावा  विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायत कलाकार हरुको अभिनय रहेको छ ।