03rd July 2019

नायिका पुजा र नायक आकाश श्रेष्ठ अभिनित रामकहानी अब यु ट्युब मा हेर्न पाइने ।

असार्,१८,२०७६ । निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको निर्माण र निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्मित ।गत बर्ष प्रदशनमा आएको नायिका पुजा शर्मा र नायाक आकाश श्रेष्ठ अभिनित चलचित्र राम कहानी यु ट्युब बाट सार्वजनिक हुने भएको छ ।गत बर्षको भाद्र २२ गते बाट प्रदशनमा आइ नेपाली चलचित्र प्रेमी दर्शक हरुको मन जित्दै सफल यापार ब्यवसाय गर्न सफल चलचित्र लाई बुढा सुब्बाको यु ट्युब  च्यानल बाट सार्वजनिक गर्न लागेको हो ।नायिका पुजा शर्मा नायक आकाश श्रेष्ठ को साथमा विल्सन बिक्रम राइ केदार घिमिर माग्ने बुढा जितु नेपाल्, रबिन्द झा,राजाराम पौडेल लगाएत कलाकार हरुको अभिनय रहेको उक्त चलचित्रको गीत संगीतले पनि नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्न सफल भएको थियो ।चलचित्रमा अर्जुन पोखरेल को संगीत,कबिराज को नृत्य,बनिश शाह र मिलन श्रेष्ठ सम्पादन्,सौरभ लामाको छायाकन रहेको छ ।चलचित्र राम कहाँनी लाई बुढा सुब्बा को यु त्युब च्यानल बाट अब छिट्टै नै सार्वजनिक गर्ने तयारी गरि रहेको छ ।