02nd July 2019

भदौ १३ गते बाट निर्देशक नवल नेपाल निर्देशित चलचित्र मारुनी र निर्देशक राम बाबु गुरुङ निर्देशित चलचित्र कबद्धी कबद्धी कबद्धी ।

असार,१७,२०७६ ।हरितालिका तीजको अवसर पारेर भदौ १३ गते बाट दुइ नेपाली चलचित्रहरुले,नेपाली चलचित्रको घरेलु बजारमा एक आपसमा प्रतिष्प्रधा गर्ने भएको छ ।भदौ १३ गते बाट निर्देशक नवल नेपाल निर्देशित चलचित्र मारुनी र निर्देशक राम बाबु गुरुङ निर्देशित चलचित्र कबद्धी कबद्धी कबद्धी एकै मिती बाट प्रदशनमा आउने भए पछी यि दुइ चलचित्र हरु बिच प्रतिस्पर्धा हुने देखिएको हो ।निर्देशक राम बाबु निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को छायाँकन सकिए लगत्तै चलचित्रको  निर्माण पक्षले भाद्र १३ गते लाई प्रदर्शन मिति तय  गरेको छ । त्यसै गरी नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को निर्माण पक्षले पनि चलचित्रमा समाबेश गीत सार्वजनिक गर्दै भाद्र १३ गते बाट चलचित्र प्रदशन मा आउने  प्रचार प्रसार समेत सुरु गरिसकेको छ ।निर्मात्री पुनम गौतम क्षेत्रीको निर्माण मा निर्मित चलचित्र मारुनीमा पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह लाई मुख्य भूमिकामा देख्न पाइने छ ।त्यसै गरी चलचित्र कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्म, बुद्धि तामाङ, रिश्मा गुरुङ, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय हेर्न पाइने छ ।