01st July 2019

चलचित्र प्रेम गीत ३ मा क्रिस्टिना गुरुङ अनुबन्धित ।

असार्,१६,२०७६ ।चलचित्र प्रेम गीत र प्रेम गीत २ को सफलता पछी निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेम गीत ३ को लागी नायिका फाइनल भएको छ ।लामो समय देखि नव नायिकाको खोजीमा रहेको चलचित्रको निर्माण टिमले २७ सय भन्दा बढि बाट अमेरिकामा बस्दै आएकी क्रिस्टिना गुरुङलाई गीत को लागी लागी अनुबन्धित गरेको हो ।अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी क्रिस्टिनाले अब,उक्त चलचित्रमा छनौट भए सगै उनले चलचित्र प्रेम गीतमा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन् । साथै चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले क्रिस्टिना योग्य भएर छनोट गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा ‘थुप्रै संघर्ष र चुनौतीहरु पार गर्दै अमेरिकाबाट नेपाल अडिसनको लागि आएकी क्रिष्टिनाको २७१४ बाट गीतको लागि चयन हुनुमा उनको प्रतिभा, सुन्दरता र आत्म विश्वासको बयान गर्दछ भन्दै लेखेका छन्।छाँयाकनमा जानु अगावै चैत २८ गते लाई प्रदशन मिती तय गरेको उक्त चलचित्र लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले सयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमको कथा रहेको चलचित्रमा प्रदिप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मी लगायत कलाकार फाइनल भएका छन् ।