27th June 2019

चलचित्र जाइराको ‘आँखैले बोल्छ’ सार्वजनिक ।

असार,१२,२०७६ ।भाद्र ६ गते बाट प्रर्दशनमा आउन लागेको नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र जाइराको गीत सार्वजनिक भएको छ ।चलचित्रको प्रचार प्रसारको क्रममा चलचित्र जाइराको निर्माण टिम्ले चलचित्रमा समाबेश गीत ‘आँखैले बोल्छ’ सार्वजनिक गरेको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको उक्त रोमान्टिक गीतमा नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाही माथी छाँयाकन गरिएको छ ।गायक सन्तोष लामाको स्वर रहेको गीत ‘आँखैले बोल्छ’मा रवी मल्लको शब्द र कल्याण सिंहको संगीत,गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।महिला एक्सन प्रधान यो चलचित्रमा नायिका नम्रता श्रेष्ठ लाई एक्सन अवतार मा देख्न पाइने  छ ।आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको  चलचित्र जाइरामा  नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोन दास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ ।चलचित्रमा सम्राट बस्नेतको  एक्सन निर्देशन,बाबु श्रेष्ठको छायांकन र लोकेश बज्रार्चायको सम्पादन रहेको छ ।