26th June 2019

ठमेलको क्लब फरेनहाइटमा ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुँदै ।

असार्,११,२०७६ ।जुलाईको ६ तारिख अर्थात् आउँदो असार २१ गते  राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा नेपाली तथा बलिवूड् चलचित्रका चर्चित गायक उदीत नारायण झाका छोरा गायक आदित्य नायाराण झाले सांगितिक प्रस्तुती दिने भएका छन ।केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका उनि यस पटक ‘आदित्य नारायण झा लाइभ इन नेपाल’का लागी नेपाल आउन लागेको र उक्त कार्यक्रम मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्ने बताइएको छ ।गायन सँगै अभिनय पनि गर्दै आइ रहेका उनले सारेगमपा ,एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट समेत गरेका  छन ।बलिवूड चलचित्र रंगीला बाट अभिनय सुरु गरेका आदित्यले त्यस पछी परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा चलचित्र शापित मार्फत डेब्यु गरेका थिए । आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।