25th June 2019

चलचित्र मालिकाको कथाकार तथा कार्यकारी निर्माता नर बहादुर कार्की पक्राउ ।

असार्,१०,२०७६ ।नायिका रेखा थापाको चलचित्र मालिकाको कथाकार तथा कार्यकारी निर्माता नर बहादुर कार्की लाई प्रहरीले पक्राउ गरेको छ ।गत सालको तिहारमा प्रदर्शनमा आएको चलकित्र मालिकाका कथाकार तथा कार्यकारी निर्माता नरबहादुर केहि समय अघी मात्र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामा प्रबेश गरेकाअ थिए ।रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्रमा नर बहादुरले जीवन प्रशिक्षकको भूमिकामा अभिनय समेत गरेका थिए । सोमबार बालुवाटारको एक रेष्टुरेन्टमा सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा पक्राउ परेका नर बहादुर ‘मोटिभेसनल स्पिकर’ पनि हुन । पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।