24th June 2019

चलचित्र साइनोको लिरिकल भिडियो सार्वजनिक साथै ’टिक टक च्यालेन्ज’पनी ।

असार्,९,२०७६ ।नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द ले निर्माण गरेको पहिलो चलचित्र साइनो को लिरिकल भिदियो सार्वजनिक भएको छ ।चलचित्र’साइनो’को निर्माण टिमले सार्वजनिक गएको’कुन मायाको साइनो’ बोलको रिलिकल गीतमा राजेशकुमार श्रेष्ठ को शब्द एलिश कार्कीको संगीत गायक प्रताप दास र गायिका जीना रसाईलीले स्वर रहेको छ । साथै उक्त लिरिकल गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमार बीचको प्रेमयुत्त फोटो र भिडियो देखाइएको छ । साथै उक्त गीतको भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन ।साउन २४ गते बाट प्रदशनमा आउन लागेको चलचित्र साइनोमा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनाली लगायतका कलाकारको अभिनय रहेको छ ।चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको यस चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको नृत्य, बनिश शाहको सम्पादन,अभिमन्यु निरवी लेखान रहेको छ ।शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र लाई रमेश थापा निर्देशन गरेका हुन । निर्माण टिमले सार्वजनिक गरेको उक्त गीतको’टिक टक च्यालेन्ज’ आयोजना गरेको छ्।स्रोतका अनुसार उक्त गीतको कुनै पनि अंशमा ईच्छुकले टिक टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिकटक भिडियोलाई फिल्म ’साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।च्यालेन्जमा उत्कृष्ट हुने लाई निर्माण टिमले आकर्षक पुरस्कार,त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ ।