23rd June 2019

कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको चलचित्र रातो टिका निधारमा को छायाकन सम्पन्न ।

असार्,८,२०७६ ।१२ बर्ष पछी गत बर्ष प्रदशनमा आएको चलचित्र जय भोले मार्फत चलचित्रको निर्माण र निर्देशन मा फर्किएका कलाकार निर्माता तथा निर्देशक अशोक शर्माको निर्माण र निर्देशन मा। छाँयाकन भै रहेको चलचित्र रातो टिका निधारमा को छायाकन सम्पन्न भएको ।झापा र काठमाडौँमा छाँयाकन गरिएको चलचित्र ‘रातो टिका निधारमा’को छायाँकन २९ दिनमा सम्पन्न भएको हो । छाँयाकन मा निस्किएको छोटो समय मै चलचित्रको छाँयाकन सम्पन्न हुनुमा कलाकारको साथ, सहयोग र मौसमको कारणले भएको चलचित्रका  निर्माता तथा निर्देशक अशोक शर्माले बताएको छ ।नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक अंकित शर्माको मुख्य भूमिकामा र्हेको उक्त चलचित्रको शिर्ष गीत लाई चलचित्रको प्रचार प्रसार को क्रम मा केहि सातामै सार्वजनिक गरिने समेत निर्माता तथा निर्देशक शर्माले बताएका छन् । सामाजिक कथा वस्तुमा बनेको चलचित्र रातो टिका निधारमा मा । शर्माले नै बनाएको चलचित्र‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन लाई पनि दर्शकले हेर्न पाउनेछन् ।उक्त गीतको भिडियो लाई वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय अभिनय रहेको छ ।साथै चलचित्र ‘रातो टिका निधारमा’ मा यस वर्षको दशैंमा प्रदशन मा आउने बताइएको छ ।