20th June 2019

नायिका रेखा थापाले गरिन चलचित्र जात्रै जात्राको प्रशंसा ।

असार्,५,२०७६ ।जेठ ३ गते बाट प्रदशनमा आएको चलचित्र जात्रै जात्राले प्रदशनको पाचौ हप्तामा प्रबेश गरेको छ । प्रदशनको पाचौ हप्तामा प्रबेश गरेको उक्त चलचित्रले दर्शक हरुको सकारात्मक प्रतिकृया पाइ रहेको छ ।दर्शक हरुको सकारात्मक प्रतिकृयाको साथ सफल ब्यापार ब्यवसाय गरी रहेको उक्त चलचित्र हेरे पछी नायिका रेखा थापाले पनि चलचित्रको खुलेर प्रशंसा गरेकी छिन । नायिका रेखाले उक्त चलचित्र हेरी सके पछी आफुलाई चलचित्र निकै मन परेको बताउँदै चलचित्र जात्रै जात्राको सम्पूर्ण टिमलाई थप सफलताको शुभकामना दिएकी छिन ।मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित सेलिव्रेटी शोमा चलचित्र जात्रै जात्रा हेरेपछि नायिका रेखा थापाले आफ्नो फेसबुक वालमा लेखेकी छिन ’जात्रै जात्रा फिल्म ढिलो हेरें । तर धेरै राम्रो फिल्म हेरें । निर्देशक प्रदीप भट्टराई लगायत सम्पूर्ण टिमलाई थप सफलताको शुभकामना !’प्रिमियर र विशेष शोमा सहभागी अधिकाशं आगन्तुक बाट प्रशंसा बटुली रहेको उक्त चलचित्रको सेलिव्रेटी शोमा रेखा सहित नायिका नम्रता श्रेष्ठ, नायक पल शाह, नायिका बर्षा सिवाकोटी, कलाकार सुनिल कुमार थापा, निर्देशक हेमराज विसी लगायतको उपस्थित रहेको थियो ।निर्देशक प्रदीप भट्राईको लेखन तथा निर्देशनमा निर्मित चलचित्र ‘जात्रै जात्रा’ मा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ ।