17th June 2019

५१ औ दिन मनाउने तयारी मा चलचित्र जात्रै जात्रा ।

असार्,२,२०७६ ।जेठ ३ गते बाट प्रदशनमा आएको निर्देशक प्रदीप भट्टराइ निर्देशित चलचित्र जात्रै जात्राले प्रदशन को ५१ औ दिन मनाउने तयारी गरी रहेको छ ।नयाँ नेपाली चलचित्रले गतिलो व्यापार नगरी रहेको समयमा प्रदशन को शुरुवात देखी नै सकारात्मक प्रतिकृया र राम्रो माउथ पब्लिसिटी पाउदै सफल ब्यापार गरी रहेको उक्त चलचित्र प्रदशनको ५१ दिनको बाटोमा देखिएको छ । प्रदशनको पाँचौ हप्ताको यात्रा गरी रहेको उक्त चलचित्रले पाएको शोजमा दशकको अकुपेन्सी उच्च रहेको छ । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगाएत कलाकार हरुको अभिनयाँ रहेको छ।यस अघी निर्देशक प्रदीप भट्टराइ निर्देशित चलचित्र जात्रा र सत्रु गते ले पनि प्रदशन को ५१ औ दिन मनाउन सफल भएको थियो ।