15th June 2019

अब फोपीमा हेर्न पाइने रमेस उप्रेती र दीपिका प्रसाइ अभिनित चलचित्र ऐश्वर्य ।

असार्,१,२०७६ ।लामो समय अमेरिकाको बसाइ पछी नेपाली चलचित्रमा पुन कम ब्याक गरी अभिनेता रमेस उप्रेतीले निर्माण गरेको चलचित्र ऐश्वर्य फोपी बाट सार्वजनिक गरिएको छ । बिगत १० महिना देखी नेपाली चलचित्रहरु सार्वजनिक गर्दै आएको फोपिले चलचित्र ऐश्वर्यलाई गत शुक्रवार सार्वजनिक गरेको हो । लगातार प्रदशनमा आइ सकेको चलचित्रहरु लाई एक पछी अर्को गर्दै रिलिज गरी रहेको फोपीले विश्वभरी नेपाली चलचित्रको बजार बिस्तार गरी रहेको जानकारि फोपीले दिएको छ ।तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नया नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ।गत वर्ष कार्तिक १ गते  प्रदर्शनमा आइ त्यस समय सफल ब्यापार ब्यवसाय गर्न सफल चलचित्र ऐश्वर्य प्रेमकथामा आधारित रही निर्माण गरिएको छ ।पहिलो पटक विश्वभरि एकै पटक डिजिटल रिलिज गर्नलागेको चलचित्र ऐश्वर्यमा रमेश उप्रेती, दिपिका प्रसाई, प्रशान्त ताम्राकार र केकी अधिकारी लगाएतको मुख्य भुमिका रहेको छ्। वैशणौ देवि फिल्मसको व्यानर र निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्मित उक्त चलचित्रलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन।  फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली चलचित्रहरु हेर्न सकिन्छ। हरेक चलचित्र हेर्दा ग्रहाकले केही रमक तिर्नु पर्ने छ। नेपालमा यसरी चलचित्र हेर्दा रु ३० वा रु ५० तिर्नु पर्ने छ। यसरी चलचित्र हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेस वा खल्ती वा इसेवाबाट पैसा तिर्न सकिने छ। यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट चलचित्र खरिद गर्न सकिन्छ। यसरी प्रदर्शन गरिएको चलचित्रबापत डिजिटल राईट्स ओनरहरुले पैसा पाउने गरेका छ्न। यस एपका संस्थापक अध्यक्ष प्रशान्त राज कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउने उदेश्य यस एपको रहेको छ। आफुहरुले नेपाली चलचित्रलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिएका छन। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ।यसता एपहरुले नेपाली चलचित्रको डिजिटल युग प्रारम्भ गरेको छ र नेपाली चलचित्रको विश्वबजारीकरण र व्यवसायीक्तामा मनग्य टेवा पुर्याएको छ।